मध्यपूर्वमा तनाव भड्किरहँदा डलरको तुलनामा कीर्तिमानी न्यून स्तरमा झर्यो भारु

नयाँ दिल्ली । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको भाउ कीर्तिमानी न्यून स्तरमा ओर्लिएको छ । मंगलबार बिहान मुद्रा बजारमा कारोबार सुरु हुँदा खेरि नै डलर भारु विनिमय दर ८३ रुपैयाँ ५१ पैसामा आएको थियो । अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा डलर ६ पैसा महँगो बनेको छ ।
मध्य पूर्वमा द्वन्द्व थप भड्किने भयबिच भारु दबाबमा आएको हो । मंगलबारको कारोबारमा एसियाका अन्य मुद्राहरू पनि डलरको तुलनामा कमजोर बनेका थिए । अमेरिकामा केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौतीका लागि अपेक्षा गरेभन्दा लामो समय पर्खिने अनुमानमा डलर बलियो बन्दा रुपियाँमाथिको दबाब बढिरहेको छ ।
सोमबार बजार बन्द हुँदा डलर भारु विनिमय दर ८३ रुपैयाँ ४५ पैसा थियो । मंगलबार बजार खुल्दा यो दर ८३ डलर ५१ पैसा रह्यो । योसँगै अप्रिल ४ मा कायम भएको कीर्तिमानी न्यून दरको रेकर्ड तोडिएको छ । उक्त दिन डलर भारु विनिमय दर ४३ रुपैयाँ ४५ पैसा थियो । डलर सूचक पछिल्लो समय झन्डै ६ महिनाकै उच्च स्तरमा छ ।
एसियाली मुद्रा बजारमा कोरियाली वन र इन्डोनेशियाको रुपियाँको भाउ पनि घटेको थियो । विज्ञहरूका अनुसार इजरायल र इरानबिच बढ्दो तनावका कारण अमेरिकी डलरको बलियो बन्दा अन्य मुद्रा कमजोर बनेका छन् । यसबाहेक कच्चा तेलको मूल्यमा भएको वृद्धिले पनि डलर बलियो बनिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाघको आक्रमणबाट कसरी जोगिने ?
-
माओवादी जातीय अतिवादको पक्षमा छैन : वर्षमान पुन
-
सुरक्षित मातृत्व संशोधन विधेयक संसदमा लैजाने तयारी
-
साउन १ गतेदेखि सबै प्रदेशले सवारी लाइसेन्सको छपाई गर्ने
-
प्रजनन् स्वास्थ्य अधिकार संशोधन विधेयक संसद्मा लैजाने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
-
युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य सहयोग रोकेपछि यस्तो छ रुसको प्रतिक्रिया