सांसद बजगाईसँगै अमेरिकी राजदूत मनास्लु हिमालको निरीक्षण भ्रमणमा
मङ्गलबार, ०४ वैशाख २०८१, ११ : ३१

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन गोरखाको मनास्लु हिमालको निरीक्षण भ्रमणमा गएका छन् । गोरखा–२ बाट निर्वाचित कांग्रेस सांसद राजेन्द्र बजगाईको साथमा उनी मनास्लु हिमालको निरीक्षण भ्रमणमा गएक हुन् ।
सांसद बजगाई र राजदूत थम्पसन गोरखाको बारपाक हुँदै मनास्लु हिमाल वरपर जलवायु परिवर्तनको अवस्थाबारे अध्ययन गर्न पुगेका छन् । भ्रमणका क्रममा जलवायु परिवर्तनले स्थानीयको जनजीवनमा परेको असर र पर्यटनका विकासका सम्भावनाबारे स्थानीय नागरिकसँग संवाद गरिने सांसद बजगाईँले बताए ।
उनका अनुसार भ्रमणको क्रममा राजदूत र भ्रमण दलले पौराणिक तथा साहसको प्रतीक गोरखा दरबारको निरीक्षण अवलोकन गर्ने कार्यक्रम राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परिवारका सदस्यलाई सैन्य कारबाहीको योजना साझा गरेपछि अर्को लफडामा अमेरिकी रक्षामन्त्री
-
निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगाम, पेन्सन पाउनेले वृद्धभत्ता नपाउने
-
खानामा तेल प्रयोग गर्न छोडियो भने शरीरमा के हुन्छ ?
-
शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण
-
विद्युत् पोलमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु
-
उपकुलपतिलाई प्राध्यापक संघको ७२ घण्टे अल्टिमेटम