आईपीओ बिक्री गर्ने तयारीमा वाइवाइ

काठमाडौँ । चौधरी समूहले उत्पादन गरिरहेको वाइवाइले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) बिक्री गर्ने जानकारी दिएको छ । कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत वाइवाइको आईपीओ जारी गर्ने जानकारी दिएका हुन् ।
यसले नेपालका उत्पादनमूलक उद्योगहरु आईपीओतर्फ केन्द्रीत बनेको देखाउँछ । यसअघि युनिलिभर, बोटलर्स नेपाल, सर्वोत्तम सिमेन्ट, शिवम् सिमेन्ट र घोराही सिमेन्ट लगायत सेयर बजारमा सूचीकृत छन् । यसबाहेक रिलायन्स स्पिनिङ मिल्सले समेत साधारण सेयर बिक्री गर्ने प्रक्रियामा छ ।
निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत आईपीओ बिक्री गर्ने जानकारी सार्वजनिक गरेपनि वाइवाइले यसको प्रक्रिया अघि बढाएको छैन । नेपाल धितोपत्र बोर्डका अनुसार हाल १९ वटा कम्पनी साधारण सेयर बिक्रीको अनुमतिको पर्खाइमा छन् ।
यस्तै, थप १६ वटा कम्पनीले समेत अनुमति मागेका छन् । बोर्डले ती कम्पनीको अनुमतिमाथि अध्ययन गरेर थप डकुमेन्ट मागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन