नरेन्द्र मोदीविरुद्ध ६ वर्ष प्रतिबन्धको माग गर्दै याचिका दायर

नयाँ दिल्ली । सिख र हिन्दु देवी देवता र पूजास्थलको नाममा भोट मागेको आरोपमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई कारबाही गर्न माग गर्दै दिल्ली उच्च अदालतमा याचिका दायर गरिएको छ । यो याचिका वकिल आनन्द एस जोन्धलेले दायर गरेका हुन् । याचिकामा जनप्रतिनिधित्व ऐन अन्तर्गत प्रधानमन्त्री मोदीलाई ६ वर्षका लागि निर्वाचनमा अयोग्य ठहराउन निर्वाचन आयोगलाई निर्देशन दिन माग गरिएको छ । साथै धार्मिक देवता र पूजास्थलको नाममा भोट माग्न बन्द गर्न पनि निर्देशन दिन भनिएको छ ।
याचिकामा उत्तर प्रदेशको पिलिभीतमा अप्रिल ९ मा मोदीले दिएको भाषणलाई उद्धृत गरिएको छ । सम्बोधनका क्रममा मोदीले हिन्दु देवता र पूजास्थलका साथै सिख देवता र सिख पूजास्थलको नाममा भाजपालाई भोट दिन मतदातालाई अपिल गरेको जोन्धले बताए । राम मन्दिर आफूले बनाएको भाषणका क्रममा मोदीले भनेको आरोप उनले लगाएका छन् ।
भाषणका क्रममा उनले करतारपुर साहिब कोरिडोरको विकास गरेको अनि गुरुद्वाराहरूमा खुवाइने लङ्गरमा प्रयोग हुने सामग्रीमाथिको जीएसटी हटाएको बताएको भनिएको छ । अफगानिस्तानबाट गुरु ग्रन्थ साहिबका प्रति फिर्ता पनि उनले नै ल्याएका थिए । प्रधानमन्त्रीले भाषणमा हिन्दु र सिख देवता र तिनका धर्मस्थलको नाममा भोट माग्नुको साथै विपक्षी राजनीतिक दललाई मुस्लिम पक्षधर भएको टिप्पणी पनि गरेको जोधको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?