सिड्नीमा फेरि छुरा प्रहार

सिड्नी । सिड्नीको एउटा चर्चमा सोमबार छुरा प्रहार भएको छ । यस घटनालाई अस्ट्रेलियाली प्रहरीले धर्मको आधारमा प्रेरित ‘आतङ्कवादी कार्य’ भनेको छ । अस्सिरियन क्राइस्ट द गुड शेफर्ड चर्चमा प्रार्थनाको क्रममा विशप, एक पादरी र अन्य व्यक्तिमाथि चक्कुले प्रहार भएको थियो । यस मामिलामा प्रहरीले १६ वर्षीय बालकलाई समातेका छन् ।
घटनामा कम्तीमा चार जना घाइते भएको प्रहरीले बताएको छ । चोट प्राणघातक भने नभएको बताइएको छ । यस घटनामा आक्रमणकारी पनि घाइते भएका छन् । सिड्नीको उपनगर वेकेलीमा रहेको यस चर्चमा प्रार्थनाको प्रत्यक्ष प्रसारण भइरहेको थियो । यस क्रममा यो हमला पनि प्रत्यक्ष प्रसारण भयो । घटनापछि सयौँ मानिसहरू चर्च बाहिर जम्मा भएका थिए । प्रहरीसँग यिनीहरूको झडप भएको थियो । झडपका क्रममा दुई जना प्रहरी घाइते भएका छन् भने प्रहरीको २० वटा गाडीमा क्षति पुगेको छ ।
घाइतेको उपचारका लागि त्यहाँ पुगेका स्वास्थ्यकर्मीलाई पनि करिब तीन घण्टासम्म जनताले बन्धक बनाएका थिए । यो घटनापछि प्रधानमन्त्री एन्थोनी अल्बानीजले राष्ट्रिय सुरक्षा एजेन्सीहरूसँग बैठक गरेका थिए । उनले आक्रमणलाई चिन्ताजनक भनेका छन् । अस्ट्रेलिया शान्तिप्रेमी देश भएको अनि त्यहाँ हिंसा र अतिवादको लागि कुनै ठाउँ नभएको उनको भनाइ थियो । अस्ट्रेलियामा एक साताभित्र चक्कु प्रहारको यो दोस्रो घटना हो । हालै सिड्नीमा भीडभाड भएको एउटा शपिङ मलमा चक्कु प्रहारको घटनामा छ जनाको ज्यान गएको थियो भने धेरै घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कार्गो रेल नचलाएसम्म रेल्वे कम्पनी नाफामा जान सक्दैन’
-
लोसपा रौतहटको संयोजकमा भरत साह
-
'जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुन्छन्'
-
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब बजेट
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी
-
‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा