एर्भटनको पोस्टमा चेल्सीको आधा दर्जन गोल

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनमाथि शानदार जित दर्ता गरेको छ । सोमबार राति भएको खेलमा चेल्सीले एर्भटनको पोस्टमा आधा दर्जन गोल गरेको हो ।
चेल्सीलाई जिताउन कोल पालमरले ह्याट्रिकसहिच चार गोल गर्दा निकोलस ज्याकसन र एलिफ गिलक्रिस्टले समान एक– एक गोल थपेका थिए । १३ औँ मिनेटमा पालमसले ज्याकसनको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।
पालसमले १८ औँ र २९ औँ मिनेटमा शानदार गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । ज्याकसनले मार्क सेस्टाको पासमा गोल गरेपछि चेल्सीले पहिलो हाफमा ४–० को अग्रता बनायो । ६४ औँ मिनेटमा पेनाल्टीमार्फत पालमले व्यक्तिगत चौथो गोल गर्दा चेल्सी भने ५–० ले अघि बढेको थियो ।
९० औँ मिनेटमा गिलक्रिस्टले गोल गर्दै चेल्सीलाई ६–० को जित दिलाए । चेल्सीको जारी सिजनमा यो फराकिलो जित रहेको छ । जितपछि चेल्सी ३१ खेलबाट ४७ अंकका साथ तालिकाको नवौँ स्थानमा उक्लिएको छ भने एभर्टन ३२ खेलबाट २७ अंकका साथ १६ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा