चौथो पटक विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री यादव
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पटक विश्वासको मत लिँदै छन् । प्रदेशसभाको दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
गतवर्ष भएको आमनिर्वाचनपछि जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका यादव नै निरन्तर मुख्यमन्त्री छन् । तर, केन्द्रीय गठबन्धनमा हुने फेरबदलले यादवलाई पटक–पटक विश्वासको मत लिनुपर्ने परिस्थिति बनेको हो । पछिल्लो पटक गत फागुन २१ गते सङ्घमा गठबन्धनमा फेरबदल भएपछि चैत ५ गते कांग्रेस मधेसको सरकारबाट बाहिरिएको थियो ।
त्यसपछि नेकपा एमाले सरकारमा सहभागी भएको थियो । चैत ९ गते कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानबमोजिम यादवले मङ्गलवार विश्वासको मत लिन लागेका हुन् ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा सबैभन्दा ठुलो दल एमालेका २५, कांग्रेसका २२, जसपाका १९ र जनमतका १३ सांसद छन् । त्यस्तै, लोसपाका ९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीका १÷१ सांसद रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीबारे देउवा र प्रचण्डको एकैदिन विपरीत टिप्पणी
-
झापामा ६ राउण्ड गोली प्रहार, एक जना लागू औषध कारोबारीको खुट्टामा लाग्यो गोली
-
नक्कली एक्स अकाउन्टले सोनु निगम हैरान, भने- मेरो ज्यान जोखिममा छ
-
‘रंगी’को शीर्ष गीतमा रोमान्टिक सलोन र मलिका
-
लागू औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली
-
सत्तापक्ष र प्रतिपक्षबिच भयो सहमति, बागमती प्रदेश सभा सञ्चालन हुने