आफ्नै कीर्तिमान तोड्दै हैदराबादले रच्यो नयाँ इतिहास

बैंगलुरु । आफ्नै कीर्तिमान तोड्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा नयाँ इतिहास रचेको छ । सोमबार रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध हैदराबादले आईपीएलकै अहिलेसम्मको सबैभन्दा उच्च स्कोर बनाउन सफल भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ८७ रन बनायो । टोलीले यसअघि गत २७ मार्चमा मुम्बई इन्डियन्सविरुद्ध आफैले बनाएको २ सय ७७ रनको कीर्तिमान तोड्यो ।
टी–२० खेलहरूमा बनेको यो दोस्रो उच्च स्कोर पनि हो । सबैभन्दा धेरै रन बनाउने कीर्तिमान नेपालको नाममा रहेको छ । नेपालले सन् २०२३ मा मंगोलियाविरुद्ध ३ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो ।
हैदराबादको कीर्तिमानी इनिङ्समा ट्राभिस हेडले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै ४१ बलमा १ सय २ रन बनाए । उनले यस क्रममा ९ चौका र ८ छक्का प्रहार गरे । त्यस्तै, हेनरिच क्लासेनले ३१ बलमा ६७ रन बनाए । उनले २ चौका र ७ छक्का हिर्काए । यसअघि ओपनर अभिषेक शर्माले २२ बलमा ३४ रनको योगदान दिएका थिए ।
खेलको अन्त्यतिर अब्दुल समादले १० बलमा ३७ रन तथा ऐडन मार्क्रमले १७ बलमा ३२ रन बनाउँदै टोलीलाई कीर्तिमानी स्कोरसम्म पुर्याए । हैदराबादका ब्याट्सम्यान सामु बैंगलुरुका बलरहरू निरीह देखिए । लोकी फर्गुसनले २ तथा रिस टोपलीले १ विकेट हात पारे ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन