नेपाल–भारत सीमा नाका बन्द हुने
सोमबार, ०३ वैशाख २०८१, १९ : ५१

कञ्चनपुर । कञ्चनपुरसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द हुने भएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै यही वैशाख ४ देखि ७ गतेसम्म सीमा नाका बन्द हुने जनाएको हो ।
भारतको लोकसभा सामान्य निर्वाचनको सिलसिलामा जनपद चम्पावत अन्तर्गत प्रथम चरणको मतदान ७ गते भएकाले ४ गते बेलुकी ५:१५ बजेदेखि मतदान नसकिँदासम्म कञ्चनपुरसँग जोडिएका गड्डाचौकी र ब्रह्मदेव सीमा नाका बन्द हुने सूचनामा उल्लेख छ ।
तर अत्यावश्यक सेवा भने खुला रहेन कञ्चनपुर प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान
-
तस्बिरमा हेर्नुहोस् भक्तपुरको जिब्रो छेड्ने जात्रा
-
एमालेभित्रको विवाद : विराटनगरमा पनि दुई प्यानल
-
कडा आन्दोलन गर्ने लघुवित्त तथा सहकारी पीडितको चेतावनी
-
नेप्से परिसूचक २७.१४ अंकले वृद्धि, कारोबार रकम पनि वृद्धि
-
अमेरिका र बेलायतबीच सम्झौताको सम्भावनाबारे के भन्छन् जेडी भान्स ?