नाउपाबाट नेपाल सद्भावना पार्टी छुट्टियो
सोमबार, ०३ वैशाख २०८१, १९ : ०७

धनगढी । नेपाल सद्भावना पार्टी नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट अलग भएको छ ।
गरिएको सहमति पूरा नगरेको र श्रीमान् र श्रीमतीको विवादका कारण देश र जनताको लागि पार्टी सञ्चालन हुन नसकेको भन्दै नाउपाबाट नेपाल सद्भावना पार्टी अलग भएको हो ।
नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोद्वारा जारी विज्ञप्ति अनुसार नाउपा व्यक्तिगत स्वार्थ पूरा गर्न तर्फ अग्रसर भएको समेत उल्लेख छ ।
नाउपा र नेपाल सद्भावना पार्टीबिच गत भदौ १४ गते एकीकरण गर्ने सम्झौता भएको थियो ।