कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
![कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण](https://npcdn.ratopati.com/media/news/hospital-_7DErq7WHah.jpg)
काठमाडौँ । रोटरी क्लब,ओकल्याण्ड क्यालिफोर्निया अमेरिकाको सहयोगमा जनस्वास्थ्य सरोकार ट्रस्ट (पीएचइसिटी) अन्तरगत सञ्चालित कीर्तिपुर अस्पताललाई महत्त्वपूर्ण स्वास्थ्य सामग्री एवं उपकरण निःशुल्क हस्तान्तरण गरिएको छ । पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने अत्याधुनिक प्रविधिसहितका स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरिएको हो ।
एचपिभी डिएनए टेस्ट ल्याब मेसिनका लागि आवश्यक पर्ने ९ सय ६० प्रति पीसीआर भ्याक्सिन (रिएजेन्ट केमिकल) अस्पताल सञ्चालन गरिरहेको ट्रस्टका अध्यक्ष डा.भरत प्रधानलाई हस्तान्तरण गरिएको हो । रोटरी क्लब, ओकल्याण्डका सदस्य ठमेल निवासी दिपमणि राजभण्डारीको संयोजनमा यो प्रयास सफल भएको हो ।
ट्रस्टका जनस्वास्थ्य निर्देशक डा। शम्भु कुमार उपाध्यायले रोटरी ओकल्याण्ड र कार्यक्रमको संयोजनकर्ता राजभण्डारीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याएर अस्पताललाई सहयोग हुने विश्वास व्यक्त गरे । संयोजक राजभण्डारीले केही महिनापछि अमेरिकाबाट रोटरियनहरु नेपाल भ्रमण गराएर स्थलगत अध्ययनपछि थप स्वास्थ्य सामग्रीहरू उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ
-
सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसदबाट पास गर्छौं : सञ्चारमन्त्री