वायुसेवा निगमले चैतमा तिर्यो ५३ करोड ९ लाख किस्ता

काठमाडौँ । नेपाल वायु सेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण बापत आर्थिक वर्षको चैतमा ५३ करोड ९ लाख ५५ हजार (सावाँ, ब्याज) तिरेको छ । अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोवडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगमले ३४ अर्ब रुपैयाँ ऋण लिएको थियो ।
सोही ऋणको नियमित किस्ता बापत निगमले पछिल्लो चैतमा ५३ अर्ब ९ करोड ५५ लाख २८१ रुपैयाँ भुक्तानी गरेको हो । योसँगै कूल ऋणको सावाँ ब्याज गरी हालसम्म निगमले दुई लगानी कोषलाई एकमुस्ट ५ अर्ब ३६ करोड ६६ लाख ८६ हजार ९६८ रुपैयाँ भुक्तान गरेको छ ।
तथापि, कोभिड–१९ को समयमा बिजनेस डाउन हुँदा ऋणको सावाँ ब्याज किस्ता चलाउन नसक्दा निगमले लिएको ऋणको ब्याज र पेनाल्ट (जरिवाना) सहित ४८ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । यसको भुक्तानीमा निगमलाई निकै हम्मे हम्मे परिरहेको बेला सो समयको जरिवाना र ब्याज मिनाहा गरिदिन सरकारसँग माग गरिरहेको छ ।
‘विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवम् किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएका छौँ’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु