नेपालमा ओमोडाको १५१ भन्दा बढी गाडी बिक्री

काठमाडौँ । नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपालमा १ सय ५१ भन्दा बढी ओमोडा गाडीको सफल बिक्री गरेको छ । बुकिङ भएको १ सय ५१ भन्दा बढी गाडीको हस्तान्तरण सँगै काठमाडौँको उत्तरढोका स्थित ओमोडाको सोरुमको औपचारिक उद्घाटन पनि अप्रिल १५ (वैशाख २) मा गरिएको छ ।
प्रमुख अतिथि नेपालका लागि चीनका राजदूत सोङ चेन, शारदा ग्रुपका अध्यक्ष एस.आर. शारदा, ओमोडा नेपालका कन्ट्री डाइरेक्टर सोङ हुआइफु, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदा, अटोमोबाइलका ग्रुप अध्यक्ष धीरेन तामाङ लगायत विभिन्न अतिथि तथा सञ्चारकर्मीको उत्साहजनक सहभागितामा उद्घाटन समारोह सम्पन्न भएको छ ।
कार्यक्रममा शारडा ग्रुपका निर्देशक गौरव शारडाले भने, "औपचारिक रुपमा ओमोडाको गाडी गत २ फेब्रुअरी २०२४ मा नेपालमा बुकिङ खुला गरिएको थियो । नेपालका मात्रै चार सय भन्दा बढीको बुकिङ भइसकेको छ भने र १ सय ५१ बढी गाडी हाल नेपाली सडकमा गुडिरहेका छन् । नेपाली ग्राहकहरूमाझ फ्युचरिस्टिक गाडीहरू प्रस्तुत गर्न पाउँदा र छोटो समयमा नै राम्रो प्रतिक्रिया प्राप्त गर्न पाउँदा हामी उत्प्रेरित र उत्साहित छौँ ।"
विद्युतीय र दिगो भविष्यका निम्ति अग्रगामी प्रविधि सहित छलाङ मार्दै, एसपिजि अटोमोबाइल्सले उत्कृष्ट प्रविधियुक्त 'ओमोडा इ फाइभ' मोडल लन्च गरेको थियो । यो गाडीको मुख्य आकर्षण भनेको अत्याधुनिक ६१ किलोवाट (kW) को लिथियम आइरन फोस्फेट ब्लेडयुक्त ब्याट्री हो, जसको प्रभावशाली ऊर्जाले एक पटकको चार्जमा 'डब्लु एल टि पि WLTP' रेन्ज ४३० कि.मि. दिन्छ । यस गाडीमा यात्रु तथा चालकका लागि २.५ लेभलको महत्त्वपूर्ण 'एडास ADAS' सुरक्षा फिचरहरू उपलब्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू