एसीसी प्रिमियर कप क्रिकेट
अविनाश बोहराले लिए हङ्कङको छैटौँ विकेट
सोमबार, ०३ वैशाख २०८१, १३ : ५७

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङ्कङको छैटौँ विकेट लिएको छ । हङ्कङको छैटौँ विकेट अविनाश बोहराले लिएका हुन् ।
अविनाशले हङ्कङका छैटौँ नम्बरका ब्याट्सम्यान यासिम मुर्तजालाई दुई रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । १२.१ ओभरमा यासिम मुर्तजा आउट हुँदा हङ्कङले ७६ रन बनाएको छ ।
नेपालले टस जिती हङ्कङलाई पहिले ब्याटिङको निम्तो दिएको हो । वर्षाका कारण खेल निर्धारित समयभन्दा केही ढिलो सुरु भएको थियो । जारी प्रतियोगितामा नेपालले खेलेको यो तेस्रो खेल हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल