एसीसी प्रिमियर कप क्रिकेट
ललित राजवंशीले नै लिए हङ्कङको पाँचौँ विकेट
सोमबार, ०३ वैशाख २०८१, १३ : ५३

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङ्कङको पाँचौँ विकेट लिएको छ । हङ्कङको पाँचौँ विकेट पनि ललित राजवंशीले नै लिएका हुन् । उनले हङ्कङका पाँचौँ नम्बरका ब्याट्सम्यान अजिज खानलाई सात रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् ।
ललितले लिएको यो दोस्रो विकेट हो । ११.२ ओभरमा अजिज आउट हुँदा हङ्कङले ७६ रन बनाएको छ ।
नेपालले टस जिती हङ्कङलाई पहिले ब्याटिङको निम्तो दिएको हो । वर्षाका कारण खेल निर्धारित समयभन्दा केही ढिलो सुरु भएको थियो । जारी प्रतियोगितामा नेपालले खेलेको यो तेस्रो खेल हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।