एसीसी प्रिमियर कप क्रिकेट
गुलसनले रनआउट गराए हङ्कङका ओपनर अन्शीलाई
सोमबार, ०३ वैशाख २०८१, १३ : ३६

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङ्कङको तेस्रो विकेट लिएको छ । हङ्कङले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान अन्शी रथलाई गुमाएको हो ।
उनललाई गुलसन झाले उत्कृष्ट रन आउट गराएका थिए । पेभेलियन फर्किनुअघि अन्शुले २६ बलमा एक छक्का र चार चौकाको मद्दतले ३४ रन बनाएका थिए । ८.२ ओभरमा उनी आउट हुँदा हङ्कङले ६२ रन बनाएको छ ।
नेपालले टस जिती हङ्कङलाई पहिले ब्याटिङको निम्तो दिएको हो । वर्षाका कारण खेल निर्धारित समयभन्दा केही ढिलो सुरु भएको थियो । जारी प्रतियोगितामा नेपालले खेलेको यो तेस्रो खेल हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित