राष्ट्र बैंकले पेन्सन कोषको ४ अर्ब ३० करोड ब्याजमा लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंक आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब ३० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले २०८१ वैशाख ११ गतेदेखि २०८१ कात्तिक १० गतेसम्म कूल १८७ दिन (छ) महिना मुद्दती निक्षेपमा उक्त रकम राख्ने भएको हो । एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इजाजतप्राप्त बैंक तथा वित्त कम्पनीहरूलाई दरखास्त आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्त कम्पनीले २०८१ वैशाख ४ गते बेलुका ५ बजेसम्म तोकिएको रकमसहित ब्याजदर प्रस्ताव गर्न सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार कूल रकममध्ये वाणिज्य बैंकका लागि ३ अर्ब ४४ करोड रुपैयाँ छुट्टाइएको छ भने विकास बैंकहरुका लागि ६४ करोड ५० लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीहरूका लागि २१ करोड १५ लाख रुपैयाँ छुट्टाइएको छ ।
निक्षेप चाहने बैंक तथा वित्तीय कम्पनीले सञ्चालनको २ वर्ष पुरा गरेको हुनुपर्नेछ भने तोकिएको चुक्ता पुँजी पुर्याएको र निष्क्रिय कर्जा कूल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने बैंकले सर्त राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहिलेको सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छः प्रचण्ड
-
स्ववियु निर्वाचनः फागुन २७ गते मनोनयन दर्ता
-
टिकाथलीमा बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्कियो
-
मेरिटोक्रेसी मिचेर दोस्रो वरीयतामा रहेकालाई सहायक क्याम्पस प्रमुख नियुक्त गरेपछि असन्तुष्टि
-
शानदार जितसँगै दोस्रो स्थानमा उक्लियो गुजरात
-
हिमालय एअरलाइन्स्ले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै