ऋचाको ‘सारंग’ फ्लोरमा

काठमाडौँ । बालमनोविज्ञानको बिषयमा निर्माण हुन थालेको फिल्म ‘सारंग’ को सुटिङ सुरु भएको छ । आइतबारदेखि फिल्मको सुटिङ काठमाडौँमा सुरु भएको हो । फिल्मका सुटिङ काठमाडौँ आसपासको स्थानमा गरिनेछ ।
केही दिन अगाडि निर्माण घोषणा भएको फिल्म प्रशान्त तामाङले निर्देशन गर्न लागेका हुन् । फिल्ममा ऋचा शर्मा ,उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागर जंग केसीको अलवा बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्कीको पनि मुख्य भूमिका रहनेछ ।
कोरियोग्राफर समेत रहेका निर्देशन को रुपमा समेत परिचित निर्देशक तामाङकै लेखन रहेको फिल्मले बालमनोविज्ञान, बालअधिकारको अलवा धनी र गरिब परिवारबिचको खाड्ल कथा बनाएको छ । यसअघि बालमनोबिज्ञानको बिषयमा ‘ठूलो मान्छे’ फिल्म बनाएका प्रशान्तले समाजलाई सकारात्मक सन्देश प्रवाह फिल्मले गर्ने बताए ।
दर्शन बुद्ध फिल्मसको ब्यानर र निर्माणमा रहेको फिल्म बालदिवसको छेकोमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँबाट रामेछाप जाँदै गरेको यात्रुवाहक बस रोशीमा दुर्घटना
-
डोमिनिकन गणतन्त्रमा क्लबको छत भत्किँदा १८४ जनाको मृत्यु
-
गाजाको ठुलो हिस्सा कब्जा गरिरहेछ इजरायल, २३ को गयो ज्यान
-
सलमानको ‘सिकन्दर’ले पाउनै छाड्यो दर्शक
-
ट्रम्प ट्यारिफमाथि चीनको जवाफ– हामी चुप लागेर बस्ने छैनौँ
-
विकासशील राष्ट्रमा स्तरोन्नतिपछि नेपालले के पाउँछ, के गुमाउँछ ?