ओलीको चेतावनी : बिना जानकारी विदेश गएर फस्नुभयो भने पार्टीलाई नभने हुन्छ !
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विना जानकारी आफ्ना सांसदहरूलाई विदेश नजान निर्देशन दिएका छन् । सांसदहरू कहीँ कतै जानुपरेमा दलको नेता, उपनेता, प्रमुख सचेतकलाई जानकारी दिएर मात्र जान निर्देशन दिएका हुन् ।
उनले कतिपय सांसदहरू बाहिर जाँदा दलका नेता र प्रमुख सचेतकलाई थाहा नै हुन छाडेको भन्दै त्यस्तो बेला कोही फसेमा पार्टी जिम्मेवार नहुने बताए ।
‘प्रदेशमा मात्र होइन यही पनि त्यस्तो देखिएको छ । पछि कुनै प्रकारले फस्नुभयो भने पार्टीलाई नभने पनि हुन्छ’, ओलीले भने, ‘आफैँले गल्ती गरेपछि आफै सावधान रहनु ।’
उनले त्यसबाट जोगिनका लागि पार्टीसँग परामर्श गर्नुपर्ने भन्दै उनले जान नहुने परिस्थिति र कार्यक्रममा नजान भनेर पार्टीले भन्न सक्ने बताए । उनले ठगहरूबाट जोगिनुपर्ने भन्दै माननीय नै ठगिएको भन्ने समाचार राम्रो नहुने पनि बताए । अध्यक्ष ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई जिताउन सहयोग गर्न समेत आसपासका सांसदहरूलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियालाई हराउन नेपालले १४० रन बनाउनुपर्ने
-
सिमेन्टको तीन महिना अघिकै मूल्य कायम गरिनुपर्छ : ज्वाला साह
-
तनहुँको डुम्रे बजारमा आगलागी
-
कर्णालीमा युवा महोत्सव हुँदै, ५ हजार युवाहरूको सहभागिता रहने
-
मूल्य बढ्नुमा नियत खराब छ : योगेश भट्टराई
-
कांग्रेस स्वास्थ्य विभाग प्रमुख थापाद्वारा दलित बालबालिकालाई ब्याग वितरण