कब्जामा रहेका १७ भारतीयलाई रिहा गर्न इरानलाई विदेशमन्त्री जयशंकरको आग्रह

नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले इरानका विदेशमन्त्री आमिर अब्दुल्लाहियानसँग फोनमा कुराकानी गरेका छन् । जयशंकरले माइक्रो ब्लगिङ वेबसाइट एक्समा यस्तो बताएका हुन् ।
कुराकानीका क्रममा उनले इरानको कब्जामा रहेको मालवाहक जहाज एमएससी एरिजमा सवार चालक दलका १७ भारतीय सदस्यहरूलाई रिहा गर्न माग गरेको बताए । वार्तामा जयशंकरले मध्य पूर्व क्षेत्रको पछिल्लो अवस्था, बढ्दो तनाव आदिबारे कुराकानी गर्दै धैर्य अपनाउन र कूटनीतिक माध्यमबाट तनाव कम गर्नेबारे चर्चा गरेका थिए ।
इरानले शनिबार एक इजरायली अर्बपति व्यापारीको मालवाहक जहाज कब्जा गरेको थियो । यसको चालक दलमा १७ जना भारतीयहरू पनि थिए । पछिल्लो समय इजरायल र इरानबिच तनाव बढेको छ । अप्रिल १ मा सिरियामा रहेको दूतावासमा इजरायलले हमला गरेपछि सोको प्रतिकारमा इरानले इजरायलमाथि शनिबार बृहत् स्तरमा ड्रोन र मिसाइल प्रहार गरेको थियो ।
दुई पक्षबिच तनाव बल्झिरहँदा सम्पूर्ण मध्यपूर्व क्षेत्र खतरामा पारेको छ । भारतको इजरायल र इरान दुवै देशसँग घनिष्ठ सम्बन्ध छ । भारतले दुवै देशलाई संयम अपनाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छान्न अर्थ मन्त्रालयले बनायो समिति
-
‘जेन–जी’को युगमा ‘जेरोन्टो’को नेतृत्व
-
नेता तथा उच्च पदस्थको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन माग
-
कोशी प्रदेश सभामा ‘राजा’ शब्द निषेध
-
रुसले युक्रेनमा गर्यो ठुलो आक्रमण, २६७ ड्रोन प्रहार
-
त्रिविको अनुगमन निर्देशनालयमा रैखोला र श्रेष्ठ नियुक्त