सिड्नीको चक्कु प्रहारको घटना महिला लक्षित

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा हालै एक मलमा भएको चक्कु प्रहारको घटनामा आक्रमणकारीको निशाना महिला नै भएको देखिएको प्रहरीले बताएको छ । ४० वर्षीय जोएल काउशीले शनिबार भिडभाड धेरै भएको वेस्टफिल्ड बोन्डी जंक्शन कम्प्लेक्समा चक्कु प्रहार गरेका थिए ।
यस आक्रमणमा मारिएका ६ जनामध्ये ५ जना महिला थिए । आक्रमणमा एक बालिकासहित धेरै जना घाइते भएका छन् ।
‘काउशीले स्पष्ट रूपमा महिलाहरूलाई लक्षित गरेका थिए,’ न्यु साउथ वेल्सका प्रहरी आयुक्तले अस्ट्रेलियाली टिभी च्यानल एबीसी न्युजलाई भनेका छन् । यस घटनामा ३० वर्षीय सुरक्षा गार्ड फराज ताहिरको पनि मृत्यु भएको थियो ।
ताहिरले आक्रमणकारीलाई रोक्न खोजेका थिए । ताहिर शरणार्थी थिए । उनी अस्ट्रेलिया आएको धेरै समय भएको थिएन । घटनामा मारिनेमा ताहिर एक मात्र पुरुष हुन् ।
‘भिडियोमा सबै कुरा स्पष्ट छ । मैले पनि यो देखिरहेको छु । अनुसन्धानकर्ताहरुले पनि आक्रमणकारीले महिलाहरूलाई निशाना बनाएर पुरुषहरूलाई छाडिदिएको देखेका छन्,’ प्रहरी आयुक्तले भने । मानसिक स्वास्थ्य ठिक नहुनु यो घटनाका कारण हुन सक्ने घटना लगत्तै अधिकारीहरूले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छ : सभापति देउवा
-
होली पर्वमा राष्ट्रपतिको सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने
-
चार दिन यता काठमाडौंंसहित देशभर मौसम गडबडी, आज तीन प्रदेशमा पानी पर्ने
-
तनावपूर्ण मड्रिड डर्बी : एटलेटिकोमाथि नाटकीय जित निकाल्दै रियाल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
-
फागुपूर्णिमाको दिन आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
विदेशी मुद्रा आज कसको मूल्य कति ?