इरानविरुद्ध इजरायलको जवाफी हमलालाई अमेरिकाले समर्थन नगर्ने

वाशिङ्टन डीसी । इजरायलले इरानविरुद्ध जवाफी हमला गरे त्यसको समर्थन नगर्ने चेतावनी अमेरिकाले दिएको छ । ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले यस्तो बताएका हुन् ।
शनिबार साँझ इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइलहरू प्रहार गरेको थियो । अप्रिल १ मा सिरियास्थित इरानको दूतावासमा इजरायलले गरेको आक्रमणको जवाफमा इरानले हमला गरेको थियो ।
इरानले प्रहार गरेका लगभग सबै ड्रोन र मिसाइललाई इजरायलका सहयोगी राष्ट्रहरू अमेरिका र बेलायतले आकाशबाटै खसालेको बताइएको छ । यस हमलापछि इजरायलका प्रधानमन्त्री नेतन्याहुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले यसको प्रतिक्रियामा संयम अपनाउन भनेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
कुराकानीका क्रममा बाइडेनले नेतान्याहुलाई निकै सावधानीपूर्वक र रणनीतिक रूपमा सोच्न भनेका छन् । इरानले इजरायलमाथि गरेको यो पहिलो प्रत्यक्ष आक्रमण हो । इजरायलमाथि आक्रमण गर्न इरानले प्रहार गरेको करिब ८० ड्रोन र कम्तीमा ६ ब्यालेस्टिक मिसाइल खसालेको दाबी अमेरिकाको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विसं २०८१ : स्वदेशी ६२, विदेशी ८४ चलचित्र प्रदर्शन, कति भयो कारोबार ?
-
किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण
-
मुस्ताङको घरपझोङमा स्वास्थ्य शिविर, तीन सय ५३ जना लाभान्वित
-
कैलालीमा नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु
-
कतारलाई हराउँदै कुवेतको नेपालसँग अंक बराबर
-
शीर्ष स्थानमा रहेको गुजरातलाई लखनउको चुनौती