इरानलाई जवाफ दिन इजरायली सरकारमा एकमत

तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुद पार्टीका सांसद हनोच मिल्विदस्कीले इरानको आक्रमणको जवाफ दिन इजरायली सरकारमा एकमत रहेको बताएका छन् । ‘हामीलाई थाहा थियो, यो हुन गइरहेको छ । त्यहाँ डर थियो तर हामीले यसलाई जुन तरिकाबाट रोक्यौँ हामी खुसी छौँ,’ उनले बीबीसीको न्युज आवर कार्यक्रममा भने।
उनले भने, ‘मलाई लाग्दैन यो सरकारमा प्रतिक्रिया नदेखाउन सल्लाह दिने कोही छ ।’ इजरायलको युद्ध मन्त्रिपरिषद्मा पनि त्यस्तो सर्वसम्मति छ कि छैन भनेर सोध्दा उनले भने, ‘बिलकुलै छ।’ यो युद्ध मन्त्रिपरिषद् इजरायल र हमासबिच गाजामा कारबाहीको समयमा गठन भएको थियो।
उनले भने, ‘मलाई लाग्दैन सही दिमागमा भएकाहरूले हामीमाथि सयौँ मिसाइलहरू प्रहार गरियो र हामीले जवाफ दिँदैनौँ भनेर सोच्छन् ।’ सांसद मिल्विदस्कीले यो इजरायलको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण समय भएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७७ ओटै जिल्लामा नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो
-
आयोगको पदाधिकारी सङ्क्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति होस् : उपमहासचिव ज्ञवाली
-
जब जलेश्वरी श्रेष्ठको नागरिकता सरकारी कार्यालयमा चलेन
-
नागरिकको आवश्यकतालाई सम्बोधन गर्नुपर्छ : सभापति बानियाँ
-
वीरगञ्जमा कर्फ्यु आदेश जारी
-
बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रण