बायर्नको आधिपत्य अन्त्य, लेभरकुजनलाई पहिलोपटक लिग उपाधि

म्युनिख । बायर लेभरकुजनले पाँच खेल अगावै बुन्डेस लिगाको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । आइतबार राति वेर्डर ब्रेमनलाई ५–० गोलले हराउँदै ज्याभी ओलन्सोको टोलीले इतिहासमा नै पहिलोपटक लिग उपाधि जित्न सफल भएको हो ।
शनिबार बायर्नले कोलोनलाई हराउँदै लेभरकुजनलाई उपाधिका लागि थप एक दिन पर्खन बाध्य पारेको थियो । तर फ्लोरियान रिट्जको ह्याट्रिक तथा भिक्टर बोनिफेस र ग्रानिट जाकाको एक–एक गोलको मद्दतले टोलीले ब्रेमनलाई सजिलै हरायो ।
खेलपछि उत्साहित दर्शकहरू मैदानमा नै प्रवेश गरेर खुसीयाली मनाएका थिए । यसअघि लगातार ११ वटा लिग उपाधि जितेको बायर्नको एकल आधिपत्यमा पूर्णविराम लागेको छ ।
यता ओलोन्सोको नेतृत्वमा रहेको लेभरकुजन भने यो सिजन सबै प्रतियोगितामा अपराजित रहेको छ । टोली ट्रेबल जित्ने बाटोमा छ । लेभरकुजनले अझै जर्मन कप र युरोपा लिगको उपाधि जित्न सक्ने सम्भावना बाँकी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लहानमा अब अनलाइनबाट नागरिकता सिफारिस
-
६ अर्बभन्दा बढीको लागतमा बन्दै पाँचतारे होटल बन्दीपुर हिल
-
माओवादीको रेकर्डमा ९५० महिला सहिद, को हुन् पहिलो सहिद धनमाया ?
-
सुडानमा सैन्य विमान दुर्घटना, कम्तीमा १९ जनाको मृत्यु
-
सुनिताले मागेकी थिइन् गोविन्दासँग सम्बन्धविच्छेद ?
-
यही वर्ष सुरु हुने भयो रणवीर सिंहको डन–३