३ जना उच्च प्रहरी अधिकृत यसैसाता अवकाशमा जाँदै

काठमाडौँ । नेपाल प्रहरीका ३ जना उच्च प्रहरी अधिकृतहरु यसैसाता अवकाशमा जाने भएका छन् । दुईजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र एकजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अवकाशमा जान लागेका हुन् ।
प्रशासन विभाग प्रमुख एआईजी मिरा चौधरी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सन्दिप भण्डारी र गण्डकी प्रदेशका डीआईजी विकाशराज खनाल अवकाशमा जान लगेका हुन् ।
चौधरी र खनाल वैशाख ६ मा अवकाशमा जाँदैछन् । ५६ वर्षीय उमेरहदका कारण उनीहरु अवकाशमा जान लागेका हुन् । प्रहरी नियमावली–२०७१ अनुसार डीआईजी र एआईजीको उमेरहद ५६ वर्ष कायम छ । एआईजी भण्डारी वैशाख ४ बाट सेवा निवृत्त हुँदैछन् ।
तिनैजना उच्च अधिकृहरु आईजीपी बसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए । प्रशासन विभागको कमाण्ड गरिरहेकी मिरा चौधरीले प्रहरीमा कसैसँग नझुक्ने ‘जुझारु’ प्रहरीको छबि बनाएकी छन् । जन्ममिति २०२५ साल वैशाखको ५ र ७ भएका कारण उनीहरुको उमेरहद पुरा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर महिला गोल्डकप : ८ क्लब सहभागी हुने
-
एनएसएलमा ‘लाखे’ को फाइनलसम्मको यात्रा, तस्बिरहरू
-
राप्रपाका प्रदर्शनकारी बिजुलीबजारमा भेला हुने, पार्टी कार्यालयमा रणनीतिक बैठक
-
राप्रपाको आइतबारको आन्दोलनमा जगमान नेतृत्वको समितिको साथ
-
रातोपाटीकर्मी आचार्यलाई बार एसोसिएसनको सम्मान
-
राप्रपालाई सरकारको चेतावनी : अराजकता फैलाए कानुन बमोजिम कारबाही हुन्छ