लिभरपुललाई प्यालेसको धक्का
आइतबार, ०२ वैशाख २०८१, २२ : १४

एनफिल्ड । क्रिस्टल प्यालेससँग आफ्नै घरेलु मैदानमा पराजित भएपछि लिभरपुलको उपाधि होडमा ठुलो धक्का लागेको छ । प्रिमियर लिग अन्तरगत आइतबार साँझ भएको खेलमा लिभरपुल १–० गोलले स्तब्ध बन्यो ।
खेलको १४ औँ मिनेटमा नै टोलीपछि परेको थियो । एबेरिची इजेले टाइरिक मिचेलको पासमा गोल गर्दै प्यालेसलाई अग्रता दिलाए । योर्गन क्लपको टोलीले दोस्रो हाफमा गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । पाएको अवसरहरूलाई परिणत गर्न टोली पुनः एकपटक चुक्यो । टोली आफ्नो घरेलु मैदानमा पराजित भएको सन् २०२२ को अक्टोबारपछि पहिलोपटक हो ।
पराजयसँगै टोली शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा दुई अङ्कले पछि परेको छ । हाललाई टोली दोस्रो स्थानमा रहेको आर्सनलसँग अङ्क बराबरी रहेको छ ।