थ्रेसरमा च्यापिएर महिलाको मृत्यु
आइतबार, ०२ वैशाख २०८१, १९ : ३९

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आइतबार गहुँ चुट्ने क्रममा थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले गहुँ चुट्ने क्रममा थ्रेसरमा च्यापिएर भीमदत्त–९ का ४२ वर्षीया कौशादेवी जोशीको मृत्यु भएको जानकारी दिए । घटनापछि प्रहरीले ट्र्याक्टर र चालक पारस कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
“महिलाको शव शवपरीक्षणका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुर्याइएको छ”, प्रवक्ता जोशीले भने, “घटनाको थप अनुसन्धान भइरहेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनका क्रममा झडप
-
जनप्रदर्शनमा सहभागी हुन सबै प्रजातन्त्रवादी र राष्ट्रवादीलाई महामन्त्री राणाको आह्वान
-
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
-
दुर्गा प्रसाईं र रविन्द्र मिश्रलाई म्याद थप गर्न अदालत लगिँदै
-
प्रधानन्यायाधीश राउतसहितको भ्रमण दल बेलायत प्रस्थान
-
दोब्बरले बढ्यो लसुन आयात, जान्छ कहाँ ?