सिड्नी चक्कु प्रहार घटनाका संदिग्धको खुल्यो पहिचान

सिड्नी । सिड्नीमा एउटा सपिङ सेन्टरमा चक्कु हानेर ६ जना मारिएको घटनामा संदिग्धको पहिचान खुलेको छ । अष्ट्रेलिया प्रहरीका अनुसार संदिग्ध ४० वर्षका जोएल काउशी हुन् ।
शनिबार धारिलो चक्कुले हानेर ६ जनाको हत्या भएको थियो । मर्नेमा ५ जना महिला र एक पुरुष थिए । शिशुसहित अन्य कयौँ व्यक्तिहरू घाइते भएका थिए । घटनालगत्तै एक महिला प्रहरीले संदिग्धमाथि गोली प्रहार गरेकी थिइन् । यसै क्रममा उनको निधन भएको थियो । काउशीको मानसिक स्वास्थ्य अस्थिर रहेको हुन सक्ने बताइएको छ ।
यस घटनामा हताहत हुनेमा महिला धेरै भएकोले संदिग्धले महिलालाई नै निशाना बनाएको हुन् त भन्ने प्रश्न पनि उठिरहेको छ । काउशीमा १७ वर्षको उमेरदेखि नै मानसिक रोग देखिएको क्विन्सल्यान्ड प्रहरीले बताएको छ । संदिग्धको परिवारले उनको कादमलाई डरलाग्दो भनेको छ । किशोरावस्थादेखि नै उनमा मानसिक समस्या देखिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्स्ले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै
-
कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट
-
‘कानुनी जटिलताका कारण रेल घाटामा गइरहेको छ’
-
चलेदेखि घाटामा रेल, सय वर्षपछि कार्गोको आस
-
युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा अमेरिकाले लगायो रोक
-
‘कार्गो रेल नचलाएसम्म रेल्वे कम्पनी नाफामा जान सक्दैन’