कुटपिट गरी आफ्नै काकाको हत्या
आइतबार, ०२ वैशाख २०८१, १८ : ३०

नवलपरासी पश्चिम । आफ्नै काका नाता पर्ने ५० वर्षीय तिलकधरी चमार (हरिजन)को कुटपिट गरी हत्या गरेको अभियोगमा सुस्ता गाउँपालिका-३ मर्चहवा बस्ने २१ वर्षीय सन्तराम चमारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सन्तरामले गत चैत २८ गते वादविवाद भई कुटपिट गर्दा घाइते भएका तिलकधरीलाई स्थानीय मेडिकलमा उपचार गराई घरमै बसिरहेको अवस्थामा उनको आइतबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुडियाबाट खटिएको प्रहरीले सन्तरामलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ