आगामी सिजनमा मल अभाव नहुने कृषि मन्त्रालयको दाबी
आइतबार, ०२ वैशाख २०८१, १८ : ००

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी सिजनमा रासायनिक मलको अभाव नहुने दाबी गरेको छ । पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा मन्त्रालयले आगामी वर्षा सिजनका लागि रासायनिक मलको अभाव नहुने दाबी गरेको हो ।
मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माका अनुसार हाल ९९ हजार ३५ मेट्रिक टन रासायनिक मल मौज्दात छ । यसमध्ये ७० हजार ५६० मेट्रिक टन कृषि सामाग्री कम्पनीसँग मौज्दात भएको छ भने २८ हजार ४७५ मेट्रिक टन मल साल्ट ट्रेडिङ्ग कम्पनी लिमिडेट मल मौज्दात छ ।
यस्तै, ७५ हजार ९६६ मेट्रिक टन युरिया मल मौज्दात छ । डीएपी १६ हजार ८३५ मेट्रिक टन र पोटास ६ हजार २३४ मेट्रिक टन मौज्दात छ ।
यस्तै, ३ लाख २२ हजार ३६९ मेट्रिक टन मल ल्याउने प्रक्रियामा रहेको सचिव डा. शर्माले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित
-
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने
-
महालक्ष्मीको बार आज कुन राशिलाई कस्तो फल ?
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा