हमलाको भयमा बाँचिरहेछन् बलिउडका यी कलाकार

नयाँ दिल्ली । बलिउड सुपरस्टार सलमान खानको मुम्बईस्थित घरबाहिर गोली चलेको छ । आइतबार बिहान करिब ५ बजे तिर मोटरसाइकलमा आएका दुईजना आक्रमणकारीले अभिनेताको बान्द्रास्थित घर बाहिर हावामा केही राउण्ड गोली हानेर भागेका थिए ।
मुम्बई प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । ग्याङ्स्टर लरेन्स बिश्नोईबाट ज्यान मार्ने धम्की आएपछि सलमानको सुरक्षा व्यवस्था यसअघि नै बढाइएको थियो ।
गोली प्रहारको घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिएका छन् । प्रहरीले सलमानको सुरक्षा कसिलो पारेको छ । बलिउडमा यस्तो घटना भएको यो पहिलो पटक होइन । सलमानअघि पनि कयौँ सेलिब्रेटीहरूले आक्रमणको धम्की पाइसकेका छन् । यस्ता कलाकारहरूलाई राज्यले सुरक्षा पनि दिइरहेको छ । तीमध्ये केही यस प्रकार छन्:
शाहरुख खान
गत वर्ष शाहरुख खानको जवान र पठान दुवै फिल्म हिट भयो । फिल्म हिट भएपछि उनीमाथि हमला हुने आशंकालाई ध्यानमा राखेर खानलाई उपलब्ध गराउँदै आइएको सुरक्षा कसिलो पारिएको थियो । गत वर्ष शाहरुखलाई वाई प्लस सुरक्षा दिइएको थियो । यो व्यवस्थामा अभिनेताको साथमा ६ जना प्रहरी कमाण्डो सधैँ अंगरक्षकको रूपमा रहनेछन् । सो अघि भने उनको सुरक्षाका लागि २ प्रहरी हवल्दार खटाइएको थियो ।
अमिताभ बच्चन
बलिउडका महानायक अमिताभ बच्चनको सुरक्षा निकै कसिलो छ । बिग बीले मुम्बई पुलिसबाट विशेष सुरक्षा पाइरहेका छन् । ज्यान मार्ने धम्की आएपछि अभिनेताको बंगला जलसामा सुरक्षा व्यवस्था बढाइएको छ । बिग बीले पनि वाईप्लस सुरक्षा पाएका छन् ।
कंगना रनौत
बलिउड क्वीन कंगना रनौतलाई पनि ज्यान मार्ने धम्की आएको थियो । सरकारले नायिकालाई वाई प्लस सुरक्षा दिएको छ । यो विशेष सुरक्षा दिइने कंगना पहिलो बलिउड अभिनेत्री हुन् । उनको सुरक्षामा सीआरपीएफका १० देखि १२ जवानहरू अलग अलग शिफ्टमा तैनाथ रहन्छन् ।
अनुपम खेर
गत वर्ष ‘द कश्मीर फाइल’ फिल्म आएपछि बलिउडका चर्चित अभिनेता अनुपम खेरलाई ज्यान मार्ने धम्की आएको थियो । यसपछि अभिनेताको सुरक्षा बढाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल