‘फर्की फर्की’ पोस्टरमा रोमान्टिक अनमोल र जसिता

काठमाडौँ । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ अभिनीत प्रतीक्षित फिल्म ‘फर्की फर्की’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोेष्टरमा अनमोल र जसिता रोमान्टिक अवतारमा देखिएका छन् ।
रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटलको सहकार्य रहेको फिल्म ‘फर्की फर्की’ मा सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको छ ।
आगामी जेठको १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मका निर्माता ओमप्रकाश अग्रवाल, मनोज वली र अरुण रिजाल र सह–निर्माता रामु न्यौपाने हुन् ।
फिल्ममा अनमोल र जसिताका अलवा रवि काफ्ले र समृद्धि अर्यालको पनि अभिनय छ । सुरेन्द्र पौडेलको सम्पादन, रोमन न्यौपाने र नरेन लिम्बुको सङ्गीत, नरेन्द्र मैनालीको छायांकन, सुयोग गुरुङको पटकथा, किरण थापाको कोरियोग्राफी छ ।
केही समयको अन्तरालपछि अनमोलको नयाँ फिल्म आउन लागेको हो । नयाँ फिल्मका लागि अनमोल पनि उत्साहित छन् । फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी
-
‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा
-
‘आउटलः दफा २१९’को एक्सनले उठाउला सुशीलको करियर ?
-
भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै
-
कारागारका कैदीबन्दी घरेलु इलममा, मासिक १५ हजारसम्म कमाइ
-
यसरी म आजकै दिन जेलबाट छुटेको थिएँ