इजरायलमा इरानको आक्रमणयता अहिलेसम्म के–के भयो ?

तेल अभिभ । इरानले इजरायलमाथि ड्रोन र मिसाइल हमला गरेयता विश्वभरबाट विविध प्रतिक्रियाहरू आइरहेको छ । यस घटनाबारे संयुक्त राष्ट्रसङ्घ (युएन)का महासचिवले पनि प्रतिक्रिया दिएका छन् ।
यो सिरियास्थित इरानी वाणिज्य दूतावासमा आक्रमणको बदलामा इरानले गरेको जवाफी कारबाही हो । सबै पक्षलाई संयमता अपनाउन युएनका महासचिव एन्टोनियो गुटेरेसले अपिल गरेका छन् ।
‘न यो क्षेत्र र न विश्वले अर्को युद्ध सहन सक्छ भनेर मैले बारम्बार जोड दिएको छु,’ उनले भनेका छन् । इरानसँगको द्वन्द्व अहिले नै सकिई नसकेको इजरायलका रक्षामन्त्री योभ गालान्टले भनेका छन् । इरानले पहिलोपटक इजरायलमा सिधै आक्रमण गरेको छ ।
यस आक्रमणमा ३०० भन्दा बढी ड्रोन र मिसाइलहरू प्रयोग गरिएको छ । यो हमलाबाट आफ्ना सबै उद्देश्यहरू पूरा भएको र अप्रिल १ मा सिरियाको राजधानी दमास्कसस्थित आफ्नो वाणिज्य दूतावासमा भएको आक्रमणको प्रतिक्रिया भएको इरानको भनाई छ । इजरायलले यस आक्रमणको पुष्टि वा खण्डन केही पनि गरेको थिएन ।
विदेशी सञ्चारमाध्यमहरूमा आएका समाचारमाथि टिप्पणी नगर्ने इजरायलको भनाइ छ । तर उसले हालैका वर्षहरूमा सिरियामा लक्षित आक्रमणहरू गरेको स्वीकार भने गरेको थियो । इरानले इजरायलमा मिसाइल र ड्रोन हमला गरेपछि इजरायलका रक्षामन्त्री योभ गालान्टले यस आक्रमणमा ठुलो क्षति नभएको बताएका छन् ।
देश ‘हाई अलर्ट’मा रहेको र जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको पनि उनले बताएका थिए । इजरायलले जवाफी कारबाही गर्यो भने फेरि आक्रमण गर्ने इरानले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षक र पत्रकारमाथि गरिएको प्रहरी दमन खेदजनक : जनार्दन शर्मा
-
घाइते शिक्षकहरूको निःशुल्क उपचार गरिने
-
शिक्षक आन्दोलनको रिपोर्टिङका क्रममा पत्रकारमाथि आक्रमण : अनलाइन टिभी पत्रकार सङ्घको खेद
-
सगरमाथा चढ्ने तयारीमा रहेका असई सत्याललाई प्रधानमन्त्रीको बिदाइ
-
रोस्टममा पुगेका सांसदले अर्कै विधेयकको नाम पढेपछि...
-
शिक्षकहरूमाथि प्रहरीले बल प्रयोग गर्नु र पालिका लगाएर धम्क्याउनु सरकारको कुशासनको उदाहरण : शेखर कोइराला