रासायनिक मलको छिटो आपूर्ति हुने कार्यविधि ल्याइन्छ : मन्त्री साह
आइतबार, ०२ वैशाख २०८१, १६ : ४५
![रासायनिक मलको छिटो आपूर्ति हुने कार्यविधि ल्याइन्छ : मन्त्री साह](https://npcdn.ratopati.com/media/news/jwala-kumari-shah-001_b8eXBVTlXA.jpg)
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले रासायनिक मलको छिटो आपूर्ति हुने कार्यविधि ल्याउने बताएकी छन् । मन्त्रालयमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा एक हप्तादेखि दश दिनमा रासायनिक मल आपूर्ति हुने गरी कार्यविधि ल्याउन पहल गर्ने बताएकी हुन् ।
‘तीव्र गतिमा मल ल्याउन पहल गर्नुपर्ने देखिएको छ,’ उनले भनिन्, ‘मल आयात गर्ने कार्यविधि परिवर्तन गरि १ हप्तादेखि १० दिनमा नेपालमा मल आपूर्ति हुने गरि कार्यविधि परिवर्तन गर्नुपर्छ ।’ सार्वजनिक खरिद ऐनबाट रासायनिक मल भित्र्याउँदा २२५ दिन लाग्ने भएकाले यो प्रक्रियालाई छोट्याउनु पर्ने मन्त्री साहले उल्लेख गरिन् ।