‘दोहोरो दाबी’ले सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्ति सकस

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दोहोरो दाबी परेपछि मुख्यमन्त्री नियुक्तिमा सकस परेको छ । आइतबार नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको दाबी पेस भएपछि मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुख नजिर मियाँलाई सकस परेको हो ।
लक्ष्मणकिशोर नाउपाको रेशम चौधरी पक्षधर हुन् भने कैलाश रञ्जिता श्रेष्ठ पक्षधर हुन् । नाउपाका सांसद चौधरी र श्रेष्ठ पक्ष विभाजित छन् । श्रेष्ठ केन्द्रीय सत्ता गठबन्धनमा छन् भने रेशम त्यसको विपरीत छन् । रेशम पक्षधरलाई कांग्रेसले सहयोग गरेको छ । त्यसमा राप्रपा र एकीकृत समाजवादी पनि मिसिएको नेताहरूले बताएका छन् । कैलाश चौधरीलाई एमाले र माओवादीको समर्थन छ ।
दोहोरो दाबी परेपछि आज मुख्यमन्त्री नियुक्ति नहुने सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले रातोपाटीलाई बताए । ‘दोहोरो दाबी परेको छ । अब अध्ययन गरेर मात्रै प्रदेश प्रमुखले निर्णय लिनुहुन्छ’, ढुङ्गानाले भने, ‘त्यसैले आज मुख्यमन्त्री नियुक्ति सम्भव भएन ।’
मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको १० दिनको समय आज ५ बजे सकिँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक