इरानले इजरायलमाथि आक्रमण गरेपछि घट्यो बिट्क्वाइनको भाउ
![इरानले इजरायलमाथि आक्रमण गरेपछि घट्यो बिट्क्वाइनको भाउ](https://npcdn.ratopati.com/media/news/bitcoin_KonsyxysmZ.webp)
सिंगापुर । विश्व बजारमा भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ घटेको छ । शनिबार एकै दिनमा बिट्क्वाइनको भाउ ७ दशमलव ७ प्रतिशतले घटेको थियो ।
यो सन् २०२३ को मार्चयताकै सबैभन्दा ठुलो कमी हो । इरानले इजरायमाथि ड्रोन र मिसाइल आक्रमण गरेपछि मध्य पूर्वका तनाव थप चर्किने भयबिच क्रिप्टो बजारमा व्यापक सेल अफ देखिएको छ । यस्तोमा सबैभन्दा महँगो भर्चुअल मुद्रा बिट्क्वाइन सहितका अन्य प्रमुख क्रिप्टोकरेन्सीको भाउमा पनि कमी आएको थियो ।
आइतबार यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार दिउँसो २ः४८ बजेतिर प्रति गोटा बिट्क्वाइन ६४ हजार ६५५ डलर ६८ सेन्टमा किनबेच भइरहेको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा ३ दशमलव ८४ प्रतिशत कम हो । मध्य पूर्वमा हिंसा थप भड्किने चिन्ता बढिरहँदा क्रिप्टो बजारमा सेल अफ जारी रहने विश्लेषण गरिएको छ । मध्य मार्चको कीर्तिमानी उचाइबाट यतिबेला बिट्क्वाइनको भाउ १० हजार डलर तल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नेसपा (नयाँ शक्ति)को उपाध्यक्षमा उम्मेदवारी दिने घलेको घोषणा
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
आजदेखि भ्यालेन्टाइन सप्ताह सुरु : रोज डे मनाइँदै
-
योजना छनोटमा हुने बेथिति रोक्न कानुन बनाउँदै कर्णाली सरकार
-
सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक, वार्षिक ४५ लाख आम्दानी