‘इलम इलाम’ अवधारणसहित कांग्रेस उम्मेदवार खड्काका यी हुन् ८ मुद्दा
आइतबार, ०२ वैशाख २०८१, १५ : ४३

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ वडा मुद्दा अगाडि सारेका छन् । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा उम्मेदवार खड्काले ‘इलम इलाम’ अवधारणसहित ८ वटा मुद्दा अगाडि सारेका हुन् ।
उनले अभिभावक कृषि बैंक तथा बीमा, बाटोदेखि विकाससम्म, इलमी इलामेली शिक्षा, इलामेली उद्यमशीलता स्कुल र इलाम लगानी सम्मेलन २०८२ लाई मुद्दा बनाएका छन् । यस्तै इलाम भ्रमण वर्ष २०८२, इलाम डिजिटाईजेसन २.० र प्रबुद्ध कार्यान्वयन समूह उम्मेदवार खड्काको मुद्दा बनेको छ ।
उम्मेदवार खड्काले ‘इलम इलाम’ अवधारणाले इलाम— २ बासीको आवश्यकता, आकाङ्क्षा, मर्म र अनुभूति आत्मसात् गरेको बताएका छन् । आज साँझ ६ बजे इलाम बजारमा पत्रकार सम्मेलन गरेर खड्काले आफ्नो अवधारणा सार्वजनिक गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत