मधेस प्रदेशका मुख्यमन्त्री यादवले वैशाख ४ मा विश्वासको मत लिने

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत लिने तयारी गरेका छन् । सत्ता गठबन्धन फेरिएसँगै सरकारबाट नेपाली कांग्रेस बाहिरिएपछि मुख्यमन्त्री यादवले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएको हो ।
प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलका अनुसार वैशाख ४ गते बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिनेछन् । यसका लागि मुख्यमन्त्रीका तर्फबाट प्रदेश सभा सचिवालयमा पत्राचार गरिएको सभामुख मण्डलले पुष्टि गरे ।
मुख्यमन्त्री यादवले १५ महिनामा चौथो पटक विश्वासको मत लिन लागेका हुन् । गत चैत ९ गते मधेस सरकारबाट कांग्रेस बाहिरिँदै सरकारप्रतिको समर्थन फिर्ता लिएको थियो ।
नयाँ समीकरण अनुसार मधेस प्रदेश सरकारमा जसपा, एमाले, माओवादी, एकीकृत समाजवादी पार्टी र लोसपा सहभागी छन् ।
तर मन्त्रालयको भागबण्डाको विषयलाई लिएर सत्तारुढ दलहरूबिच मनमुटाव उत्पन्न भएको छ ।
लोसपा मन्त्रालय बाँडफाँटमा असन्तुष्ट छ । लोसपा प्रदेश सांसद रानी शर्माले भनिन्, ‘अहिलेको सरकारमा लोसपाको ठुलो असन्तुष्टि छ । हाम्रो पार्टी एकीकृत समाजवादीभन्दा ठुलो हो । तर हामीलाई एक मन्त्रालय दिइएको छ । अनि एकीकृत समाजवादीलाई केन्द्रीय समीकरण टिकाइ राख्न २ वटा मन्त्रालय दिने सहमति भएको छ । हामीलाई हाम्रो माग अनुसार मन्त्रालय दिइएन भने यथास्थितिमा सरकारमा रहिरहन कुनै जरुरी छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
युरोपा लिग क्वार्टरफाइनल पहिलो लेगका चारै खेल रोचक
-
एउटै जिल्लामा १२ जलविद्युत् आयोजना निर्माणाधीन
-
महालक्ष्मीको बार आज कुन राशिलाई कति लाभ ?
-
कति पुग्यो युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु