चिनियाँ र भारतीय लगानीकर्ता सरकारको प्राथमिकतामा
काठमाडौँ । वैशाख १६ र १७ गते हुने तेस्रो लगानी सम्मेलनमा सरकारले चिनियाँ र भारतीय लगानीकर्तालाई प्राथमिकतामा राखेको छ । लगानी सम्मेलनलाई नै केन्द्रमा राखेर चीन र भारतमा ‘प्रि–इभेन्ट’ को आयोजना गर्दै ती देशका लगानीकर्तालाई फकाउने लक्ष्य सरकारले राखेको हो ।
लगानी सम्मेलनको पूर्व सन्ध्यानमा चीनमा पाँचवटा र भारतमा दुई वटा ‘प्रि–इभेन्ट’ कार्यक्रम सम्पन्न भइसकेको छ । ती देशका लागि नेपालका राजदूतावासको अग्रसरतामा लगानी सम्मेलन सम्बन्धी जानकारी दिने लक्ष्यसहित ‘प्रि–इभेन्ट’ निरन्तर रुपमा छलफल भइरहेको हो ।
सुरुमा चीनका लागि नेपालको राजदूतावासको आयोजनामा चीनको बेइजिङसहित पाँच स्थानमा विभिन्न कार्यक्रमको आयोजना सम्पन्न गरिएको थियो । चीनमा मार्च २३ देखि २९ सम्मको अवधिमा बेइजिङ, हङकङ, छेङ्दू र ग्वाञ्जाओ लगायत स्थानमा लगानी सम्मेलनको ‘प्रि–इभेन्ट’ आयोजना गरिएको थियो ।
लगानी बोर्डको कार्यालयका अनुसार वैशाख सो छलफलमा १६ र १७ गते हुने लगानी सम्मेलन र सम्मेलनमा प्रस्तुत गरिने परियोजनाबारे छलफल भएको थियो । सबै स्थानमा गरी चीन, हङकङ र मकाउका स्थानीय व्यवसायी, चेम्बर लगायतका प्रतिनिधिसहित १०० जनाभन्दा बढीको सहभागिता थियो ।
यस्तै हालसम्म भारतमा दुईवटा लगानी सम्मेलनसँग सम्बन्धित ‘प्रि–इभेन्ट’ आयोजना गरिएको छ । अप्रिल ३ मा भारतस्थित नेपाली राजदूतावासको आयोजनामा नयाँ दिल्लीमा ‘पावर समिट’ आयोजना गरिएको थियो । जसमा नेपाल र भारतका तीन दर्जनभन्दा बढी जलविद्युत लगानीकर्ताको सहभागिता थियो ।
उक्त ‘प्रि–इभेन्ट’ छलफलमा अडानी समूहदेखि धेरै व्यावसायिक घरानाको सहभागिता थियो । यस्तै लगानी सम्मेलनलाई नै प्राथमिकतामा राखेर १२ अप्रिलमा नयाँ दिल्लीमा नै ‘इन्डस्ट्री आउटरिच मिट’ सम्पन्न भयो । यो ‘प्रि–इभेन्ट’ मार्फत भारतका उत्पादनमूलक उद्योगी, लगानीकर्ता र निर्यातकर्तालाई नेपालबारे जानकारी दिने लक्ष्य राखिएको थियो ।
राजदूतावासको लगानीमा आयोजित सो कार्यक्रममा एसबीआई बैंक, वोदान्त, सुनिल हेल्थ केयर, केपीएमजी, वरुण वेभरेज, एसबीआई क्यापिटल, एनएचपीसी, हिन्दुस्तान टेक लगायतका प्रतिनिधि सहभागी थिए । सहभागी भारतीय व्यवसायीलाई नेपालमा लगानीको स्थिति र नेपालबाट लाभांश लग्ने प्रक्रिया लगायतका बारेमा जानकारी दिइएको लगानी बोर्डको कार्यालयले जानकारी दिएको छ ।
यसबाहेक लगानी सम्मेलनलाई केन्द्रमा राखेर बंगलादेश र स्वीजरल्याण्डका लगानीकर्तासमक्ष समेत ‘प्रि–इभेन्ट’ सम्पन्न भइसकेको छ । सम्मेलनमा सहभागिताका लागि विश्वभरका विभिन्न देशबाट सयौँ उद्योगी व्यवसायी तथा लगानीकर्ताको सहभागिताका लागि प्रतिबद्धता आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'सैन्य कानून’ घोषणाको बदलामा दक्षिण कोरियाली राष्ट्रपतिलाई महाभियोगको डण्डा
-
१२ बजे, १२ समाचार : नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि रवि लामिछाने र छवि जोशीविरुद्ध पर्सामा पनि पक्राउ पूर्जीसम्म
-
पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, बैठक आह्वान
-
स्टक ब्रोकर एशोसिएशनको नयाँ कार्यसमितिका लागि ढकाल समूहको उम्मेदवारी घोषणा
-
एनपिएल : मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
-
कञ्चनजङ्घा गोल्डकप : गोधुली फुटबल क्लब फाइनल प्रवेश