सत्ता राजनीति
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका लक्ष्मणकिशोर चौधरीको दाबी पेस
आइतबार, ०२ वैशाख २०८१, १५ : ०६

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन् । चौधरीले आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
नेपाली कांग्रेसका १८, नाउपाका ४, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ सांसदको समर्थनमा उनले दाबी पेस गरेका छन् ।