वीरेन्द्रनगरको एक गोदाममा आगलागी
आइतबार, ०२ वैशाख २०८१, १४ : ५७

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको एक गोदाममा आगलागी भएको छ ।
वीरेन्द्रनगर–६, मा रहेको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भएको हो ।
दिउँसो करिब २ बजे भएको आगलागी अहिले नियन्त्रणमा लिने प्रयास भइहरेको छ ।
नगरपालिकाको दमकल त्यहाँ परिचालित गरिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।