सुदूरपश्चिम प्रदेश
मुख्यमन्त्रीको दाबी गर्न लक्ष्मणकिशोर चौधरी प्रदेश प्रमुखको कार्यालयमा
आइतबार, ०२ वैशाख २०८१, १४ : ४२

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयमा गएका छन् ।
नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ सांसद गरी बहुमत सांसदको समर्थन रहेको चौधरीको दाबी छ । तर नेकपा एकीकृत समाजवादीका ४ र नागरिक उन्मुक्ति पार्टीका २ सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगिनसकेको बुझिएको छ ।
यसैगरी एमाले माओवादी समूहबाट पनि मुख्यमन्त्रीको दाबी गर्न प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा रहेको एमाले नेता राजेन्द्रसिंह रावलले जानकारी दिए । लक्ष्मणकिशोर रेशम पक्षका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर मोजा सुँघ्ने बानीले फोक्सोमा सङ्क्रमण
-
प्रा.डा. खड्क केसीले पाए त्रिविको उपकुलपतिको जिम्मेवारी
-
शिक्षकको आन्दोलनले विद्यार्थी भर्ना अभियान ठप्प
-
दुखेको मुटुलाई हाँसोले पुर्न खोज्ने पात्रको कथा ‘हेल्लो काँशिराम'
-
पर्यटकीय गन्तव्य बन्दै बन्दीपुर, एकै वर्ष दुई लाखले गरे भ्रमण
-
कांग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान