सर्वसाधारणका लागि सरकारी बण्डमा लगानी खुला
आइतबार, ०२ वैशाख २०८१, १३ : ५४

काठमाडौँ । सर्वसाधारण नागरिकका लागि सरकारी बण्ड (ऋणपत्र) मा लगानी खुल्ला भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले स्वीकृत वार्षिक आन्तरिक ऋण निष्कासन तालिका बमोजिम आर्थिक वर्षका लागि ५ वर्षे अवधिको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि आवेदन माग गरेको हो ।
तथापि, यसअघि ऋणपत्र बिक्री खुल्ला मिति २०८० वैशाख २ गते तोकिए पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋणपत्र निष्कासन तालिका नै परिवर्तन गर्दै ऋणपत्र आवेदन दिने समयावधि दुई महिनाको दिएको हो ।
२०८० वैशाख १ गते बिक्री खुल्ला भएको ऋणपत्रका लागि सर्वसाधारण नागरिकले जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रको निष्कासन भने असार ४ गते हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरे दोहन र वन विनाशविरुद्ध सङ्घर्ष गर्छौँ: अध्यक्ष महतो
-
बर्ड फ्लु नियन्त्रण कसरी गर्ने ?
-
कलकत्तादेखि नेपालसम्म पानीजहाज सञ्चालन गर्न विश्व बैंक ५०० मिलियन डलर खर्च गर्न तत्पर : सांसद न्यौपाने
-
त्रिविका उपकुलपतिलाई नेविसंघको प्रश्न– सोचपत्र र व्यावसायिक कार्ययोजना किन कार्यान्वयन नगरेको ?
-
हेटौँडाबाट पेस्तोल, सुन र लागु औषधसहित ४ जना पक्राउ
-
‘लाज शरणम्’ विवादमा अर्जुन घिमिरे : प्रचारको रोकले झन् राम्रो प्रचार भइदियो