अमेरिका र बेलायतले कसरी सघाउँदैछ इजरायललाई ?

वासिङ्टन । आइतबार बिहान इरानले इजरायलमा प्रहार गरेका धेरै ड्रोन अमेरिकाले खसालेको छ । यसैबिच बेलायतले पनि आफ्नो रोयल एयर फोर्स (आरएएफ)ले आवश्यकता अनुसार ड्रोन रोक्ने बताएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री ऋषि सुनकले इरानको आक्रमणको आलोचना गरेका छन् । जो बाइडेन र ऋषि सुनकले इजरायललाई समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
इरानले अप्रिल १ मा सिरियाली वाणिज्य दूतावासमा भएको आक्रमणको लागि इजरायललाई जिम्मेवार ठहर गरेको छ। यसको बदला लिन इरानले इजरायलमाथि हमला गरेको उसको भनाई छ । तर इजरायलले सिरियास्थित इरानको वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी लिएको छैन ।
दुई अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजसँग कुराकानी गर्दै अमेरिकी सेनाले धेरै इरानी ड्रोनहरू खसालेको जानारी दिए । यी कुन प्रकारका ड्रोन थिए भन्ने जानकारी भने खुलाइएको छैन ।
बेलायतको सुरक्षा मन्त्रालयले इरानबाट हुने आक्रमण रोक्न थप लडाकु विमानहरू तैनाथ गरिएको जनाएको छ। अमेरिकी राष्ट्रपति बाइडेनले पनि आफ्नो देश इजरायलका जनताको सुरक्षाका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास
-
कलाकार वत्सगोपाल, जो तन्त्रका विम्बसँग खेलिबस्छन्
-
मकालुमा लेक लागेर चिकित्सकको मृत्यु
-
रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा : अध्यक्ष बस्नेत
-
यस्तो देखियो ‘नरसिंहाः अवतार’ मा नीति शाहको लुक्स
-
कर्फ्युअघि पर्सामा ७० राउण्ड अश्रुग्यास प्रहार, २ राउण्ड हवाइ फायर