बढाइयो सलमान खानको सुरक्षा व्यवस्था

नयाँ दिल्ली । बलिउड सुपरस्टार सलमान खानको सुरक्षा व्यवस्था कडा पारिएको छ । अभिनेताको घरबाहिर गोली हानाहान भएपछि उनको सुरक्षा कसिलो पारिएको हो । आज बिहान ४ बजेर ५५ मिनेटमा उनको घरबाहिर गोली चलेको थियो । मुम्बईको बान्द्रा क्षेत्रमा रहेको अभिनेताको ग्यालेक्सी अपार्टमेन्ट बाहिर मोटरसाइकलमा आएका दुई अज्ञात आक्रमणकारीले ३–५ राउन्ड गोली हानेका थिए ।
सलमान खानलाई पहिला नै राज्यले वाई प्लस सुरक्षा दिँदै आएको थियो । यस घटनापछि सलमान खान र उनको घर वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । वाई प्लस सुरक्षामा ११ सुरक्षाकर्मीहरूले सुरक्षा दिन्छन् । यसमा २ देखि ४ जना सीआरपीएफ वा सीआईएसएफ कमाण्डो र पुलिसहरू हुन्छन् । यस घटनामा कसैलाई घाउचोट लागेको छैन ।
यसअघि पनि आएको थियो खानलाई धम्की
सलमान खानलाई यसअघि पनि पटकपटक ज्यान मार्ने धम्की आएको थियो । ग्याङ्स्टार लरेन्स बिश्नोईले सलमानलाई मार्ने धम्की दिएका छन् । एक अन्तरवार्तामा पनि उनले आफ्नो जीवनको उद्देश्य सलमान खानलाई मार्नु भएको खुलासा गरेका थिए । लरेन्सको धम्कीपछि मुम्बई प्रहरीले सलमान खानको सुरक्षाको समीक्षा गरेको थियो । गत वर्ष पनि सलमान खानको अफिसमा धम्कीपूर्ण इमेल पठाइएको थियो । यसपछि ग्याङ्स्टर लरेन्स बिश्नोई, गोल्डी ब्रार र रोहित गर्गविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमाको नामबाट नागरिकता लिन सकस, दशकदेखि धाउँदा पनि सुन्दैन सरकार
-
स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन