इजरायलमा हमलापछि बाइडेनको आकस्मिक बैठक

वासिङ्टन । इरानले इजरायलमा गरेको आक्रमणलाई ध्यानमा राख्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा आकस्मिक बैठक गरेका छन् । ह्वाइट हाउसले इरानले अबको केही घण्टामा इजरायलमाथि थप हवाई हमला गर्न सक्ने जनाएको हो ।
अमेरिकी राष्ट्रपतिले भने, ‘हामी इरानको खतराविरुद्ध इजरायलको सुरक्षाप्रति प्रतिबद्ध छौँ र हामी यसको लागि दृढताका साथ खडा छौँ।’ राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले राष्ट्रपति बाइडेनलाई राष्ट्रिय सुरक्षा टोलीले सम्पूर्ण स्थितिबारे निरन्तर अपडेट गराइरहेको जानकारी दिए ।
एड्रियनले भने, ‘उनको टोली इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ। अन्य सहकर्मीहरूसँग पनि सम्पर्क राखिएको छ।’
‘जो बाइडेनको सन्देश एकदम स्पष्ट छ - हामी इजरायलको सुरक्षाको लागि पूर्ण सहयोग गर्नेछौँ। अमेरिका इजरायलका जनताको पक्षमा उभिनेछ र इरानबाट हुने खतराको विरुद्धमा इजरायलको सुरक्षामा पूर्ण सहयोग गर्नेछ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते