इजरायलमा इरानको आक्रमण, २०० भन्दा बढी मिसाइल प्रहार

काठमाडौँ । इरानले शनिबार राति इजरायलमा आक्रमण गरेको छ । इरानले आक्रमणका बेला २०० भन्दा बढी मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर इजरायली सेनाले आक्रमण ठुलो मात्रामा नभएको दाबी गरेको छ । इजरायली सेनाले इरानले आक्रमण गर्दा प्रहार गरेका मिसाइलहरू आकाशमै नष्ट गरेको जनाएको छ ।
इरानको मिसाइल आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रक्षात्मक र आक्रामक ढङ्गले जवाफ दिन बताएका छन् । नेतान्याहुले इजरायली पीएमओले ट्वीटरमा एक भिडियो पोस्ट गर्दै भनेका छन् ‘हामी रक्षात्मक र आक्रामक दुवै परिस्थितिका लागि तयार छौँ ।’
इजरायलको साथमा उभिएको अमेरिका, साथै बेलायत, फ्रान्स र अन्य धेरै देशहरूको समर्थनको प्रशंसा पनि उनले गरेका छन् ।इरान र इजरायल फेरि एक पटक आमने सामने हुँदा विश्वको ध्यानाकर्षण भएको छ । अमेरिकाले इजरायली नागरिकलाई सुरक्षा दिने बताउँदै इरानले गरेको आक्रमणको निन्दा गरेको छ । यस हमलालाई लिएर अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उल्टै अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना गरेका छन् ।
यसै वर्ष हुने राष्ट्रपतीय चुनावको उम्मेदवार बन्ने तयारीमा रहेका ट्रम्पले बाइडेन प्रति लक्षित गर्दै ‘म राष्ट्रपति भएको भए इजरायलमाथि आक्रमण हुने थिएन’ भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मलाई धर्म परिवर्तन गर्न कहिल्यै दबाब दिइएन’
-
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकबारे कति दफामा जुट्यो सहमति ?
-
निर्देशक रामगोपाल वर्माविरुद्ध अर्को उजुरी दर्ता, धार्मिक भावनामा चोट पुर्याएको आरोप
-
अझै समस्यामा समय, ‘इन्डियाज गट लेटेन्ट’ का सबै प्यानलहरूलाई बोलाइयो
-
तीव्र हावाहुरीले उत्तरी चीन प्रभावित, सयौँ उडान रद्द, पार्क र रेल सेवा स्थगित
-
शिक्षकहरूको आन्दोलन ११ औँ दिनमा : माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन