२३ वर्षपछि ‘१२ वी फेल’को ‘सिल्भर जुबली’ रेकर्ड
![२३ वर्षपछि ‘१२ वी फेल’को ‘सिल्भर जुबली’ रेकर्ड](https://npcdn.ratopati.com/media/news/12-th-fail_7Onf8JcdBA.jpg)
काठमाडौं । बलिउडमा यस्ता कैयौं फिल्म बनेका छन्, जसको चर्चा लामो समयसम्म चलिरहन्छ । उनीहरुको चर्चा मात्र होइन, थिएटरमा पनि महिनौंसम्म प्रदर्शन भइरहन्छ । अब यो चर्चामा निर्देशक विधु विनोद चोपडाको सुपरहिट फिल्म ‘१२ वी फेल’ पनि जोडिएको छ ।
पछिल्लो २५ सातादेखि विक्रान्त मेसी र मेधा शंकरको यो फिल्मले लगातार दर्शकलाई मनोरञ्जन दिइरहेको छ । अहिले फिल्मले रिलिजको ‘सिल्भर जुबली’ पूरा गरेको हाे ।
फिल्मले थिएटरमा ‘सिल्भर जुबली’ मनाएको अवसर पारेर विधु विनोद चोपडले आफ्नो अफिसियल इन्स्टाग्राम हेण्डलमा एक पोस्ट शेयर गरेका छन् । पोस्टमा उनले २३ वर्ष यता कुनै पनि हिन्दी फिल्मले नबनाएको रेकर्ड ‘१२ वी फेल’ले बनाएको उल्लेख गरेका छन् ।
यसअघि सन २००१ मा रिलिज सनी देओल र अमीषा पटेलको फिल्म ‘गदर–एक प्रेम कथा’ले यो कीर्तिमान बनाएको थियो । यो फिल्म २५ हप्तासम्म थिएटरमा प्रदर्शन भएको थियो ।
‘१२ वी फेल’ गत वर्षको २७ अक्टोबरमा रिलिज भएको थियो । २० करोड बजेटमा निर्माण भएको फिल्मले बक्सअफिसमा ७० करोड नेट कलेक्सन गरेर आफूलाई बम्पर फिल्मको रुपमा स्थापित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा लाजियोको फराकिलो जित
-
१२ बजे, १२ समाचार : प्रचण्डको सचिवालयबाट बाहिरिए मल्लदेखि बाबुराम नेतृत्वको नेसपा (नयाँ शक्ति)को महाधिवेशन आयोजक समिति भङ्गसम्म
-
माधवनारायणका व्रतालु चाँगुनारायणबाट फर्किए साँखु
-
मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो
-
क्रसर उद्योगमा मुख्यमन्त्री सिंहको अनुगमन
-
कर्णाली नदीबाट तीन जनाको उद्धार