बर्नमाउथसँग म्यानचेस्टर युनाइटेडको कठिन बराबरी

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले कठिन बराबरी गरेको छ । एफसी बर्नमाउथसँग २–२ गोलको पुनरागमन बराबरी गर्दै तालिकामा एक अङ्क थपेको हो ।
बर्नमाउथले घरेलु मैदानमा १६ औँ मिनेटमा अग्रता लिएको थियो । उसका डोमोनिक सोलांकेले मार्कोस सेन्सीको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । ३१ औँ मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए । ३६ औँ मिनेटमा सेन्सीको पासमा जस्टिन कुलभर्टले गोल गरेपछि बर्नमाउथले फेरि २–१ को अग्रता बनाएको थियो ।
१ गोलले पछि परेको युनाइटेडले दोस्रो हाफमा पेनाल्टीमार्फत बराबरी गरेको हो । ६५ औँ मिनेटमा फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २–२ को अवस्थामा ल्याएका थिए । त्यसपछि थप गोल नभएपछि दुवै टिमले तालिकामा एक एक अङ्क जोडेका छन् ।
युनाइटेड ३२ खेलबाट ५० अंकका साथ तालिकाको सातौँ स्थानमा रहँदा बर्नमाउथ समान खेलबाट ४२ अंकका साथ १२ औँ स्थानमा छ । जारी सिजनमा म्यानचेस्टर सिटी ७३ अंकका साथ शीर्ष स्थानमा रहँदा आर्सनल र लिभरपुल एक खेल कम खेल्दै समान ७१ अंकका साथ तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् ।
प्रिमियर लिग अन्तर्गत आज तीन वटा खेल हुने छन् । नेपाली समय अनुसार पौने ७ बजे लिभरपुल र क्रिष्टल प्यालेस तथा वेस्टह्याम र फुलह्यामबीच प्रतिस्पर्धा हुने छ । यस्तै, सवा ९ बजे आर्सनल र एस्टन भिल्ला आमने सामने हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात महिनामा कहाँबाट कति भित्रियो खाद्यान्न ?
-
अमेरिकी विमानस्थलमा यसरी टर्यो अर्को दुर्घटना
-
यी चर्चित क्रिकेटरको खानपिन र व्यायामशैली
-
‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ताले गरिन् नेपाली युवकसँग विवाह
-
लगातार दुई पटक उपाधि चुम्ने एकमात्र राष्ट्र
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान