प्रा.डा. ढकालको ‘श्रीमद्भागवत महापुराण’ लोकार्पण

बुटवल । संस्कृतविद्या शिरोमणि प्रा.डा. वेणि माधव ढकालले रचना गरेको पुस्तक ‘श्रीमद्भागवत महापुराण’ लोकार्पण गरिएको छ । स्वर्गद्वारी महाप्रभु हंसानन्दका नाममा तयार पारिएको पुस्तक ‘श्रीमद्भागवत महापुराण’ नेपाली टिका नेपाली अनुवाद रुपन्देहीको तिलोत्तमा गरिएको साताव्यापी श्रीमद्भागवत महायज्ञमा व्यासाचार्य वेणिराम घिमिरेले लोकार्पण गरेका हुन् ।
उनकाे लेखनमा प्रकाशित पछिल्लो ‘श्रीमद्भागवत महापुराण’ लोकार्पणका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिका शङ्कर नगर स्थिति आफ्नै घरमा श्रीमद्भागवत महायज्ञ आयोजना गरिएको हो । नेपाली नरनारीहरूलाई वर्णासन धर्मको महत्त्व बुझाउन तथा भागवतलाई नेपाली जनजीवनमा सकारात्मक पार्ने जीवन र जगतका बारेमा जानकारी दिन ‘श्रीमद्भागवत महापुराण’ नेपाली टिका अनुवाद ल्याइएको टिकाकार एवं सम्पादक ढकालले बताए ।
विद्यार्थी पुस्तक भण्डारले प्रकाशन गरेको यो पुस्तक २ हजार १ सय भन्दा बढी पृष्ठमा प्रकाशित छ । यो पुस्तकको मुलग्रन्थ १२ स्कन्द छन् । त्यस्तै पूर्वाबद्धमा ८ र अत्तराद्र्धमा ४ खण्ड विभाजन गरिएको छ । त्यसै गरी ८ खण्डमा रहेको पूर्वाबद्धमा भगवानको जीवन लीला र ४ खण्डमा रहेको उत्तरार्द्धमा अध्यात्म लीलाको बारेमा वर्णन गरिएको टिकाकार ढकालका साइँला छोरा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सिन्दुमाधव ढकालले जानकारी गराए ।
पुस्तक ‘श्रीमद्भागवत महापुराण’ लोकार्पण कार्यक्रममा रमेश समर्थन र दिवाकर ढकालले पुस्तकको समीक्षा गरेका छन् ।
पाल्पाको रिब्दीकोट गाउँपालिका ठिमुरे पौरखनीमा जन्मिएका टिकाकार ढकालले हालसम्म ६० बढी पुस्तक प्रकाशन गरिसक्नुभएको छ । ज्येष्ठ पुत्र भैरहवा बहुमुखी क्याम्पसका उपप्राध्यापक नवेन्दु ढकालका अनुसार संस्कृतविद्या शिरोमणि प्रा.डा. ढकालका ‘श्रीमद्भागवत महापुराण’ सहित ‘शैलेश’, ‘जय ज्योतिष्मती मुमा’, ‘मल्लकाले काष्ठमण्डपो पत्यकायां लिखितता , ‘पुराणंमा नारी’ लगायतका कृति प्रकाशित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा